मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ भने जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउँन सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजिलो महशुष हुनेछ । व्यापार व्यावसायमा आम्दानि कम हुँने तथा पुराना बाकी रहेका कामहरु पनि समयमा सम्पादन नहुँदा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । सरकारि तथा प्रशासनिक कामहरु समयमा नहुँदा मनमा निरासा जाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा अबिश्वास बढ्न सक्छ ध्यान दिनुहोला ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
राजनिति तथा समाजसेवामा जनताको गतिलो साथ तथा समर्थन पाईनेछ भने समाजमा तारिफयोग्ग काम गरि नाम कमाउँन सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
बृश्चिक
(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न अलि बढिनै समय खर्चनु पर्नेछ । काम गर्ने सवालमा ध्यान दिनुहोला आम्दानिका स्रोतहरु एक्कासी बन्द हुँन सक्छन् । अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयमा सजक नबन्दा कामहरु बिग्रनेछन् भने प्रतिष्पर्धिहरु हरेक क्षेत्रमा हावि हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुनेछन् भने सत्रु लाग्न खोज्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा ऋण तथा संकटको सामना गर्नु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । साभिभाई तथा र्ईष्टमित्रहरुको सहयोग नहुँदा समयमा कामहरु सकाउँन मुस्किल पर्नेछ ।
मकर
(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक सम्पति तथा उपाहार प्राप्तीको योगलाई नकार्न सकिदैन । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे आम्दानि गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल गनर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ । आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ । छोटो तथा लामो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । अन्य कामको बोझले पढाई लेखाई प्रभावित हुनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आई कामहरु प्रभावित हुनेछ । दाजुभाई तथा छिमेकीहरु सँग बिवाद बढ्ने हुदा दैनिक कामहरु प्रभावित हुनेछन् ।
Comments
Post a Comment