अर्घाखाँचीकि २२ वर्षिया सरस्वती मंसिर १० गते देखि बेपत्ता (खोजिदिन सहयोग गरिदिनु परिवारको आग्रह)


अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिकाकी एक विबाहित युवती १२ दिन देखि बेपत्ता भएकी छिन् ।

चिदिका मोलीपोखराकी २२ वर्षिया सरस्वती रेश्मी "कुमाल" गत मंसिर १० गते देखि बेपत्ता भएकी हुन् । उनकी ४ वर्षकी नविना कुमाल नाम गरेकी छोरी छन् ।

सरस्वतीले मंसिर १० गते बिहान ७ बजे भाई बिरामी छ भेट्न जान्छु भनेर घरबाट हिंडेकी थिईन् । उनका श्रीमान कमल कुमाल विदेशबाट ४ महिना अगाडि विदामा आएका थिए ।

सरस्वती र कमलले ६ वर्ष अगाडि विबाह गरेका थिए । साथै १२ दिन सम्म फेला नपर्दा प्रहरीलाई खोजी दिन गुहारेका छन् ।

पछिल्लो समय अर्घाखाँचीमा भागेर अर्कैसँग विवाह गर्ने विबाहित युवतीहरुको संख्या बढेको देखिन्छ ।

Comments