अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५ वाङला स्थित मथुरा मावि केन्द्रमा स्थगित भएको निर्बाचन पुन: मतदानको लागि छिट्टै अर्को मिति तोकिने तोकिने भएको छ ।
मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको विषयमा विवाद हुँदा अर्घाखाँचीको एक मतदान केन्द्रमा मतगणना रोकिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को मथुरा मावि केन्द्रमा रहेको क र ख केन्द्रमा मतदान स्थगित भएको हो । अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि मतदाताले बुथ तोडफोड गरि मतपत्र च्यातिदिएका छन ।
निर्वाचन अधिकृत सुरेन्द्र अधिकारीले हस्ताक्षर नगरेको मतपत्र मतपेटिकामा परेको स्वीकार गर्नुभएको छ । मथुरा मावि मतदान केन्द्रमा फेरि कहिले चुनाव गर्ने भन्नेबारे सर्वदलीय छफलफ गरेर निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो ।

Comments
Post a Comment