सुरक्षाकर्मीलाई सीधै गोली हान्ने अधिकार

प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज मतदान हुँदैछ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।


निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल समेत गरेको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ । सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।

मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।

सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।

Comments