नेपाली चेली मीरा राई हङकङमा आयोजित ५० किमी एसियन स्काई रनिङको उपाधि जित्न सफल

अल्ट्रा धाविका मीरा राईले हङकङमा आयोजित एमएसआईजी लान्ताउ ५० किमी एसियन स्काई रनिङ च्याम्पियनशीप’ को उपाधि जितेकी छिन् । हङकङमा सम्पन्न दौडमा प्रतिष्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै राईले उपाधि जितेकी हुन् ।


तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् । दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी होसिनोले ७ घण्टा ५० मिनेट र काओरी निवाले ८ घण्टा २ मिनेटमा दूरी पूरा गरेका थिए । दौडमा कुल ३ सय ५६ धावक सहभागी थिए र त्यसमा मीरा सातौंमा रहिन् ।

महिलातर्फ भने ३८ धाविका दौडिएका थिए । नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दि इयर २०१७ को अवार्ड जितेकी मीरा दोस्रोपल्ट एसियन स्काई रनिङ च्याम्पियन भएकी हुन् । यसअघि उनले सन् २०१५ मा हङकङमै भएको एमएसआईजी एचके ५० साइकुङ एसिया स्काई रनिङ च्याम्पियनशीपमा सफलता हासिल गरेकी थिइन् ।

Comments