प्रशंसक र सहयोगीले घाइते गगनसहित छोरीसँगको त्यो कारुणिक पल र मार्मिक कुरा सार्वजनिक गरेपछि बन्यो भाइरल

मानिसका लागि आफ्नो सन्तान संसारको सबैभन्दा प्रिय हुन्छ भन्ने कुरा कसैलाई भनिरहनुपर्दैन । आफ्नो ज्यानको भन्दा पनि बढी माया हुन्छ आफ्नो सन्तानको । हो, त्यस्तै भएको छ सोमबार बम विष्फोटमा परेका नेपाली कांग्रेसका युवा नेता गगन थापालाई पनि ।


छिट्टो हिंडेको बेला परेर म बचेँ

आफ्ना लागि भोट माग्न चुनाव प्रचारको अन्तिम दिन सोमबार घरदैलो कार्यक्रम गर्दागर्दै बम विष्फोटमा परेर घाइते भएका कांग्रेस नेता गगन थापाको एउटा कारुणिक तस्वीर अहिले सार्वजनिक भएको छ, उनी अस्पतालबाट निस्केर गएपछि आफ्नी नाबालिका छोरीलाई काखमा लिएको तस्वीर ।

चालीस मिटरको दूरिले जोगिएको गगनको जिन्दगी र त्यसपछि छोरीसँग भेटिएपछि उनलाई काखमा लिएको दृश्यले गगनका प्रशंसकहरु द्रविभूत भएका थिए । उनैका प्रशंसक र सहयोगीले घाइते गगनसहित छोरीसँग खिचेको तस्वीर सार्वजनिक भएको हो । उनका सहयोगीले यो अवस्थाको मार्मिक कुरा शब्दमा वर्णन गर्न नसकेको भनी तस्वीर पोस्ट गरेका छन् ।

कांग्रेस नेता गगनले घरदैलो कार्यक्रममा आफू मुस्किलले बाँचेको प्रतिक्रिया दिएका थिए ।

Comments