अर्को पार्टीलाई मतदान गरेको आरोपमा वाम गठबन्धनका कार्यकर्ता द्वारा कुटपिट: महिलाको संवेदनशील अंगबाट बग्न थाले रगत
अछाम जिल्ला को पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।
स्थानीय एक युवकले फरक पार्टीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री घाइते भएका छन्।
आफ्नो श्रीमानलाई छुट्याउन गएकी २३ वर्षीय धना कुँवरमाथि पनि कुटपिट भएको छ। धनाको संवेदनशील अंगबाट रगत बग्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी बयलपाटा अस्पताल पुर्याइएको छ।
यस्तै वाम गठबन्धनका कार्यकर्ताको कुटाईबाट साफेबगर नगरपालिका १० घुघुरकोटका ४९ वर्षीय तेजबहादुर बडा घाइते भएका छन्। उनको नाकमा तीन वटा टाका लागेका छन्।
Comments
Post a Comment