मैले कन्चटमा ताकी-ताकी गोली हानेर कसैलाई मारेको छैन रवि जि। दिल निशानी मगर : हेर्नुहोस दिल निशानी को स्टाटस
पछिल्लो समय टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संग मार्फत लोकप्रिय भइरहेका पत्रकार रबि लामिछानेको चर्चा यतिबेला जताततै छ । रबि आफ्नो कार्यक्रम मार्फत अनियमितताको भण्डाफोर मात्रै गर्दैनन, समस्याको तत्काल समाधानको लागी पहल पनि गर्दछन ।
स्थीति यस्तो सम्म बनेको छ कि कहीं केही अनियमितता हुने बित्तिकै ‘यो रबि लामिछानेलाई भन्नुपर्छ’ भन्ने मान्यता नै स्थापित हुन खोज्दैछ ।
गलत प्रवृत्ति र मानिसहरु संग निरन्तर पत्रकारीता मार्फत लडिरहेका रबि लामिछानेको धेरैले नै तारिफ गरिरहेका बेला केहि आलोचना पनि भएका छन । रवि लामिछानेलाई दिल निशानी मगरले आफ्नो फेसबुकमा मार्फत यस्तो लेखेका छन् ।
“मैले कन्चटमा ताकी-ताकी गोली हानेर कसैलाई मारेको छैन रवि जि। यस्तै गम्भीर तर पुष्टि गर्न नसक्ने आरोपहरू कसैलाई नलगाउनुहोस्। र चाँडै गणतन्त्र नेपालको नागरिक बनेको देख्न पाउँ।”
Comments
Post a Comment