विक्रम पाण्डेले जितेपछि पुष्पकमल दाहाल (प्रचण्ड) ले यसो भने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक मतगणनामा राप्रपाका विक्रम पाण्डेभन्दा केही मतले पछि परे पनि जित आफ्नै हुने भन्दै हतास नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।


प्रारम्भिक मतगणनामा चितवन–३ मा प्रचण्डलाई पाण्डेले पछि पारेपछि माओवादी कार्यकर्तामा चिन्ता बढेका बेला उनले ढाडस दिएका हुन् । ‘उहाँले आत्तिनुपर्दैन भन्नुभएको छ’, माओवादी युवा नेता गोपाल न्यौपानेले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘यो अहिले मत गनिएको उनीहरु (राप्रपा, काँग्रेस) को बलियो ठाउँ हो, हाम्रो भएको ठाउँमा गन्न सुरु भएपछि अगाडि लागिन्छ, हामी जित्छौं ।’

 कुल १ हजार २ सय ४१ मत गणना काँग्रेसको समेत समर्थन पाएका पाण्डेको ६ सय ८७ र प्रचण्डको ४७३ मत छ । पाण्डे र प्रचण्डबीचको मतान्तर २२४ छ । पहिलो चरणमा माडीको सेरुवा र गीतानगर बुथको मतगणना भइरहेको र सो क्षेत्र काँग्रेस– राप्रपा गठबन्धनको बलियो जानधार भएको क्षेत्र भएकाले आफूहरु प्रचण्ड जित्नेमा ढुक्क रहेको न्यौपानेले बताए ।

Comments