बलिउडकी चर्चीत गायिका मोनाली नेपालमा,भोली हुने कन्सर्टमा हिन्दी र नेपाली दुवैमा प्रस्तुती दिने

बलिउडकी पार्श्वगायिका मोनाली ठाकुर नेपाल आईपुगेकी छन् । ‘पर्फेक्ट प्लान इन्टरटेनमेन्ट’ले कन्सर्टका लागि उनलाई नेपाल बोलाएको हो । डिसेम्बर ९ ‘क्लब डेजाभु’मा हुने सांगीतिक कार्यक्रममा ठाकुरले हिन्दी र नेपाली दुवै गीत प्रस्तुत गर्नेछन् ।


राजधानीमा आयोजित प्रेसमिटमा भोलिको लागि आफ्नो तयारीको बारेमा ‘नेशनल अवार्ड विजेता’ गायिका मोनालीले जानकारी गराईन् । उनि भोलि बिहानै मन्दीर दर्शन गर्नेछन् । त्यसपश्चात राति हुने कन्सर्टको लागि तयारी गर्नेछन् ।
उनले कन्सर्टमा हिन्दीसँगै नेपाली गीत पनि गाउँने योजना बनाएकी बताएकी छन् ।

मोनालिले ‘मोह मोह के धागे’ गीतबाट नेशनल, फिल्मफेयर लगायत थुप्रै अवार्ड हात पारेकी थिइन् । उनका ‘सवार लु’, ‘जरा जरा टच मि’, ‘छम छम’, ‘लभ मि थोडा’, ‘तुने मारी इन्ट्री’, ‘खुदाया खैर’, ‘ढोल बाजे’ लगायतका गीत हिट छन् ।

Comments